पशुपन्छिपालनको हिसावले नेपालकै अग्रणि जिल्ला हो रुपन्देहि। धेरैजसो पशुजन्य उत्पादनहरु (दुध, फुल, मासु) हेर्ने हो भने रुपन्देहि आत्मनिर्भर मात्र नभएर निर्यात गर्ने जिल्ला हो। भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहिले "स्वस्थ र स्वच्छ पशुजन्य उत्पादन गोठ देखि ओंठसम्म" भन्ने मुल नाराका साथ पशुजन्य उत्पादनलाई वढावा दिंदै त्यसको आधुनिकिकरण गर्ने र उत्पादित वस्तुहरुको व्यवस्थित बजारिकरणमा टेवा पुर्याउनुको साथै आम उपभोक्ताहरुलाई सहज र गुणस्तरिय स्वस्थकर उत्पादनहरु पुर्याउन हरदम प्रयासरत छ ।

उत्पादित वस्तुहरुलाई विविधिकरण गर्दै स्थानिय बजारलाई आवश्यक पर्ने पशुजन्य पदार्थहरुको सहज पहुंच पुर्याउंदै नविनतम प्रविधिहरुको प्रयोगले उत्पादन लागत घटाउनुनै आजको आवश्यकता रहेको छ । एकातर्फ कुपोषणको समस्या रहेको छ भने अर्कोतर्फ व्यवस्थित बजार स्थापित हुन नसक्दा आम उपभोक्ताहरु खाध्यवस्तुहरुको सहज पहुंच भन्दा वाहिर छन तसर्थ उत्पादित वस्तुहरुलाई राष्ट्रियमार्गको पहुंचमा पुर्याउंदै राष्ट्रलाईनै पशुजन्य उत्पादनहरुवाट आत्मनिर्भर तर्फ उन्मुख गराउने यस केन्द्रको सोंच रहेको छ ।

स्थानिय तहहरुसंग सामिप्यको सम्बन्ध र सहकार्य गर्दै आवश्यकता पहिचानको आधारमा कार्यक्रमहरु संचालन गरेर हामि निरन्तर सेवामा खटिरहेका छौं । दिगो बजार व्यवस्थापन, स्वस्थ र स्वच्छ उत्पादन गर्दै उत्पादित वस्तुहरुको विविधिकरण गर्दै आमजनताको सहज पहुंचको निम्ति यस केन्द्र प्रयासरत छ ।

 

एक स्वास्थ्य अवधारणा(One Health Approach) लाई आत्मसाथ गर्दै पशुस्वास्थ्य सवल नरहेसम्म मानव स्वास्थ्य सवल हुंदैन भन्ने विश्वव्यापि भावनालाई चरितार्थ गर्दै हामि यहांहरुको निरन्तर सहयोग र सहकार्यको अपेक्षा राख्दछौं ।

जिविकोपार्जनको लागि मात्र होईन पशुपन्छि र मत्स्यपालन यो त उन्नति र प्रगतिका लागि हो भन्ने यथार्थ चित्रण गर्ने जिल्ला हो रुपन्देहि। ४५ लिटर सम्म दुध दिने गाई, ३० लिटर भन्दा बढि दुध दिने भैंसि, उन्नत नश्लका बोयर र बिटल जातका बाख्रा, उन्नत नश्लका बंगुर, कुखुरा, बट्टाई, कालिज आदिको संगम हो रुपन्देहि ।लुम्बिनि प्रदेशको सवैभन्दा बढि क्षेत्रफलमा यहां माछापालन गरिनुका साथै सवैभन्दा बढि माछाको उत्पादकत्व पनि यस जिल्लाको छ ।

आगामि दिनहरुमा पशुजन्य उत्पादनहरुको मुल्य श्रृङ्खलामा जोड दिंदै थप व्यवस्थित र स्वस्थ बजार, सहज पहंच, गुणस्तरिय स्वच्छ र स्वस्थ उत्पादन बजारको परिकल्पनामा टेवा पुर्याउंदै यस क्षेत्रको समग्र विकासको निमित्त यस कार्यालय अहोरात्र खटिरहेको छ ।

पालौं पशु गरौं धन्दा यस उर्वर भुमिमा ।

उन्नति र प्रगति हुन्छ हाम्रै पालामा ।।

 

शुलभ कर्जा, स्मार्ट हनि करिडोर कति ।

लुम्बिनिको शान हामि उठाउं माथि माथि ।।

 

ब्लक, मिसन, उध्यमशिलता अन्य धेरै धेरै ।

सहभागि भई सुन फलाउं मातृभुमि हाम्रै ।।

 

लागौं सबै कम्मर कंसि पशुपालन गर्न ।

बुझ्छ सवै किसानको समस्या र मर्म ।।

 

भाषण होईन कर्म गरौं थालौं आजै देखि ।

खुसि हुन्छन ईश्वर पनि देखेपछि उन्नति

 

हामिले नगरे कसले गर्ने ??, आज नगरे कहिले गर्ने ????

"गरे हुन्छ उन्नति हाम्रै पालामा"